यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
यी हुन् आज भएका मन्त्रिपरिषद् बैठकका चारवटा निर्णयहरु :
१. जसमा २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने ।
२.सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने ।
३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।
४. भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।




