बालेन बने रास्वपाको संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बनाउने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
यो सँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो समेत खुलेको छ ।




