काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । कम्पनीका अध्यक्ष शेखर गोल्छाले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
गोल्छाले फागुन २५ गते राजीनामा दिएका थिए । उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ।