१० प्रतिशतसम्म इथानोल मिश्रण सम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित
काठमाडौं । १० प्रतिशतसम्म इथानोल मिश्रण सम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएको छ । ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ आज राजपत्रमा प्रकाशित भएको हो ।
अब सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खुलेको छ ।
इथानोल उत्पादनमा प्रयोग हुने कच्चापदार्थको स्रोतसमेत स्पष्ट किटान गरेको छ । आदेश अनुसार चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको खोया, गहुँको छ्वालीजस्ता कृषि अवशेष र खानका लागि अयोग्य सडेगलेका अन्नजस्ता वस्तुलाई इथानोल उत्पादनको कच्चापदार्थका रूपमा प्रयोग सकिने बताइदै आएको छ ।




