यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदभाउ १४६.४९ रुपैयाँ र बिक्रीभाउ १४७.०९ रुपैयाँ तोकिएको छ।
त्यस्तै एक साउदी अरेबियन रियालको खरीददर ३९.०३ रुपैयाँ र बिक्रीदर ३९.१९ रुपैयाँ, एक कतारी रियालको खरीददर ४०.०८ रुपैयाँ र बिक्रीदर ४०.२४ रुपैयाँ, एक यूएई दिरामको खरीददर ३९.८८ रुपैयाँ र बिक्रीदर ४०.०५ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३७.१२ रुपैयाँ र बिक्रीमूल्य ३७.२८ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८८ रुपैयाँ र बिक्रीमूल्य ९.९२ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४७८.५७ रुपैयाँ र बिक्रीमूल्य ४८०.५३ रुपैयाँ निर्धारण भएको छ।




