काभ्रे-२ मा रास्वपाका बदन भण्डारी विजयी
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे ।
नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।




