अर्घाखाँचीमा रास्वपाका हरि भुसाल विजयी
अर्घाखाँची । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् ।
निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याए ।
नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरे ।




