बालेनले केपी शर्मा ओलीसँग मतान्तर बढाए, के छ पछिल्लाे अवस्था
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मतान्तर बढाएका छन् ।
पछिल्लो मत परिणामानुसार बालेनले ३२ हजार ३३६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका ओलीले आठ हजार ५१८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर २३ हजार ८१८ छ ।
तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उमेदवार समिर तामाङले पाँच हजार ४७८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




