काठमाडौँ ९ बाट डोल प्रसाद अर्याल निर्वाचित
काठमाडौं । काठमाडौँ ९ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल निर्वाचित भएका छन्। उनी ३५ हजार ९३ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैय बास्तोलाले ५ हजार ५६० मत प्राप्त गरेकी छिन्। त्यस्तै नेकपा एमालेका अजयक्रान्ति शाक्यले ४ हजार ५८० मत पाएका छन्।
अर्याल रास्वपाका उपसभापति हुन्। अर्यालको जीतसँगै रास्वपाले कुल १३ स्थानमा जीत हासिल गरेको छ।




