महोत्तरी-१ : रास्वपाका प्रमोदकुमार निर्वाचित
काठमाडौं । महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् ।
महतोले ३४ हजार ६२६ मत ल्याएर निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९०, नेपाली कांग्रेका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३६१ मत ल्याए ।




