सार्वजनिक बिदा भए पनि यी बैंकका शाखा खुल्छन् ? (सूचीसहित)
सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिएको छ।
निर्वाचनको दिन (फागुन २१ गते) बाहेक अन्य बिदाका दिनहरूमा सर्वसाधारणको बैंकिङ आवश्यकतालाई ध्यानमा राख्दै अधिकांश वाणिज्य बैंकहरूले आफ्ना निश्चित शाखाहरू खुला राख्ने सूचना प्रकाशित गरेका छन्।
नगद जम्मा, चेक भुक्तानी, ईसीसी, आरटीजीएस र रेमिटेन्स जस्ता आकस्मिक सेवाका लागि बैंकहरूले सातै प्रदेशका प्रमुख स्थानमा रहेका शाखाहरू तोकिएको समयमा सञ्चालन गर्ने सूचना जारी गरेका छन्।
कुन बैंकको कुन शाखा कति बजे खुल्छ ? हेर्नुहोस् विस्तृत सूची:
नेपाल एसबिआई बैंक लिमिटेड
फागुन २० गते (बिहान १०:०० देखि अपराह्न ४:०० सम्म): विराटनगर, जनकपुर, दरबारमार्ग, सिर्जना चोक (पोखरा), बुटवल, सुर्खेत, धनगढी र कञ्चनपुर एक्सटेन्सन काउन्टर।
फागुन २२ गते (बिहान १०:०० देखि दिउँसो १:०० सम्म): बिर्तामोड, वीरगन्ज, टेकु, पोखरा, भैरहवा, सुर्खेत, महेन्द्रनगर र कञ्चनपुर एक्सटेन्सन काउन्टर।
नबिल बैंक लिमिटेड
नबिल बैंकले फागुन २० र २२ गते बिहान १०:०० देखि दिउँसो १:३० सम्म देशभरका ३६५ दिने काउन्टरहरू खुला राख्नेछ।
कोशी: विराटनगर, बिर्तामोड, धरान, इटहरी, दमक।
मधेश: वीरगन्ज, जनकपुर, पिडारीचोक।
बागमती: ललितपुर, न्युरोड, बिजुली बजार, कुमारीपाटी, बौद्ध, महाराजगन्ज, कौशलटार, नारायणगढ र हेटौँडा। (तीनधारा शाखा दिउँसो १:०० देखि ४:०० सम्म)।
अन्य: पोखरा, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी र सुर्खेत।
(नोट: काउन्टरबाट १० लाखसम्म जम्मा र २ लाखसम्म निकाल्न सकिनेछ।)
लक्ष्मी सनराइज बैंक लिमिटेड
यस बैंकले फागुन २०, २२ र २४ गते बिहान १०:०० देखि दिउँसो २:०० सम्म सेवा दिनेछ।
काठमाडौँ उपत्यका: हात्तीसार, गैह्रीधारा, पुलचोक, सामाखुसी, तीनकुने, कालीमाटी।
प्रमुख शाखाहरू: विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, दमौली, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी।
हिमालयन बैंक लिमिटेड
यस बैंकले फागुन २० र २२ गते बिहान १०:०० देखि अपराह्न ४:०० सम्म सेवा प्रदान गर्नेछ।
शाखाहरू: विराटनगर, धरान, बिर्तामोड, वीरगन्ज, नारायणगढ, कमलादी, न्यूरोड, कोटेश्वर, पृथ्वी चोक (पोखरा), बुटवल, नेपालगन्ज, सुर्खेत र अत्तरिया।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
यस बैंकले फागुन २० र २२ गते विभिन्न समयमा शाखाहरू खुला राख्नेछ।
फागुन २० र २२: विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढी (बिहान १० देखि १ बजेसम्म)।
काठमाडौँ: दरबारमार्ग र सिपाडोल (बिहान ९ देखि १२:३०), पुलचोक र ठमेल (दिउँसो १२ देखि ३:३० सम्म)।
(नोट: लकर र विदेशी मुद्रा सटही सुविधा दरबारमार्ग शाखामा मात्र उपलब्ध हुनेछ।)
एनआईसी एसिया बैंक लिमिटेड
यस बैंकले फागुन २० र २२ गते बिहान ११:०० देखि दिउँसो २:०० सम्म देशभरका प्रमुख शाखाहरू खुला राख्नेछ।
शाखाहरू: विराटनगर, बिर्तामोड, दमक, जनकपुर, वीरगन्ज, भक्तपुर, पुलचोक, कमलादी, थापाथली, थानकोट, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी।
(न्युरोड खिचापोखरी शाखा दिउँसो २:०० देखि ५:०० सम्म खुल्नेछ।)
एनएमबि बैंक लिमिटेड
NMB बैंकले फागुन २० गते आम निर्वाचन लक्षित गरी निम्न शाखाहरू खुला राख्नेछ:
बिहान १० देखि ४ सम्म: बिर्तामोड, इटहरी, धरान, जनकपुर, वीरगन्ज, बानेश्वर, पुतलीसडक, पुलचोक, जिरो किलोमिटर (पोखरा), बुटवल र लमकी।
बिहान १० देखि १ सम्म: विराटनगर, सुर्खेत र ट्राफिक चोक (बुटवल)।
प्रभु बैंक लिमिटेड
प्रभु बैंकले फागुन २० र २२ गते बिहान १०:०० देखि दिउँसो १:३० सम्म सेवा दिनेछ।
शाखाहरू: बबरमहल (मुख्य शाखा), जनकपुर, रत्नचोक (पोखरा), इटहरी, कमलादी, विराटनगर, वीरगन्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगन्ज र धनगढी।
(थानकोट शाखा फागुन २० गते मात्र खुल्नेछ।)
माछापुच्छ्रे बैंक लिमिटेड
यस बैंकले फागुन २० र २२ गते बिहान ११:०० देखि दिउँसो २:०० सम्म सेवा दिनेछ।
फागुन २०: विराटनगर, पुतलीसडक, नयाँ बजार (पोखरा), बुटवल, बिर्तामोड, धनगढी र ढल्केबर।
फागुन २२: फिदिम, दमक, न्यूरोड (काठमाडौँ), नेपालगन्ज, गुलरिया र जनकपुर।
कृषि विकास बैंक लिमिटेड
यस बैंकले फागुन २० र २२ गते बिहान १०:०० देखि दिउँसो १:३० सम्म सेवा दिनेछ।
कोशी: कञ्चनबारी (२० गते), धरान (२२ गते)।
मधेश: बर्दिबास (२० गते), खजुरी (२२ गते)।
बागमती: जोरपाटी, लगनखेल (२० गते), रत्नपार्क (२२ गते)।
अन्य: नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढीका तोकिएका शाखाहरू।
सबै बैंकहरूले बिदाको समयमा पनि मोबाइल बैंकिङ र एटीएम सेवा २४ सै घण्टा सुचारु रहने जानकारी दिएका छन्। ग्राहकहरूलाई धेरै भिडभाड हुन सक्ने भएकाले सम्भव भएसम्म डिजिटल माध्यमबाट कारोबार गर्न समेत बैंकहरूले अनुरोध गरेका छन्।




