प्रिमियममा आईपीओ निष्काशन गर्दै हुलास फिनसर्भ हायर पर्चेज
काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो ।
कम्पनीले प्रिमियम दरमा शेयर निष्काशन गरेर ७४ करोड ४६ लाख १३ हजार ७ सय ५० रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।




