भक्तपुर क्षेत्र नं २ मा नेमकिपाले जित्ने दावी
भक्तपुर । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार रमेश बैद्यले भक्तपुर क्षेत्र नं २ मा आफूले जित निकाल्ने दावी गरेका छन् । पार्टीले दसकौंदेखि भ्रष्टाचारको विरोध गर्दै आएकैको कारण जेन्जीको भोट आफूहरुलाई आउने जितका पहिलो आधार भएको दावी उनले गरे ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरले बिहीबार उनीसँंग गरेको साक्षात्कारमा उनले पार्टीले यो पटक पनि घोषणापत्रमा ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको सजायँं दिनुपर्ने कुरा उल्लेख गरेको उनले जनाए । साथै भ्रष्टाचारीहरुको सम्पती राष्टियकरण गर्नुपर्ने कुरा पनि घोषणापत्रमा उल्लेख भएको जानकारी उनले गराए ।
भ्रष्टाचारीहरुका सम्पती राष्टियकरण गरेपछि त्यही पैसाबाट शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने दावी पार्टीको रहेको उनले गरे । साथै कृषिलाई आत्मनिर्भर पार्टीको पहिलो माग रहेको उनले बताए । आफू पनि पेशाले किसान रहेको भन्दै उनले किसानलाई प्राथमिकता राखेर जनशक्ति नभई सामान निर्यात गर्ने मुलुक बनाउनुपर्नेमा जोड दिए ।
भक्तपुर क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसवीच आलोपालो जित निकाल्दै आएको छ ।
यस निर्वाचन क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसले जित निकालेको थियो । त्यसपछि २०५१ सालमा नेपाल मजदुर किसान पार्टीले जित भएको थियो । त्यसपछि २०५६ सालमा फेरि नेपाली कांग्रेसले जितेको थियो । फेरि २०७० सालमा नेपाल मजदुर किसान पार्टीले जितेको थियो । त्यसपछि एमालेले २०७४ सालमा एक पटक जित निकालेको थियो । त्यसपछि फेरि २०७९ सालमा नेपाली कांग्रेसले जितेको थियो ।
यस क्षेत्रमा २०४८ मा नेपाली कांग्रेसका जग्गनाथ आचार्य, २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर थापा, २०७४ सालमा एमालेका महेश वस्नेत र यसअघिको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा निर्वाचित भएका थिए । यस निर्वाचन क्षेत्रमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा नगरपालिकाहरु पर्दछन् । यी दुई नगरपालिकामध्ये मध्यपुर थिमि नगरपालिकामा ९ वटा र सूर्यविनायक नगरपालिकामा १० वटा गरी कुल १९ वटा वडाहरु रहेका छन् । यहाँं कुल ९८ हजार तीन सय ५६ मतदाता रहेका छन् ।
यस पटक यो क्षेत्रमा नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश वस्नेत, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्जालो नेपाल पार्टीबाट जीतमान लामालगायतका उम्मेदबारहरु प्रतिस्पर्धामा छन् ।
यस निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ३२ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् ।




