पूँजी बजार नीति र समसामयिक घटनाको (Current Affairs) माथि विशेष सत्र: स्मार्ट फ्राइडे – एपिसोड ८ आउँदै
काठमाडौं । नेपाली पूँजी बजार निरन्तर परिवर्तनशील नीतिहरू, नियामक निर्णय र समसामयिक आर्थिक घटनाबाट प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको छ। यही सन्दर्भमा बजारलाई गहिरो रूपमा बुझ्न र सही सूचना प्रवाह गर्ने उद्देश्यसहित SMART – Stock Market Analysis & Research Team ले प्रस्तुत गर्दैछ SMART Friday Insight Series – Episode 8।
यस एपिसोडको मुख्य विषय “Capital Market Policies & Current Affairs” रहेको छ, जसले हालका नीतिगत व्यवस्था, नियामक अपडेट तथा तिनले लगानीकर्ता र बजारको दिशामा पार्ने प्रभावबारे स्पष्ट छलफल गर्नेछ। कार्यक्रमका प्रमुख वक्ता गुणनिधि भुसाल, Managing Director, Aryatara Investment & Securities Pvt. Ltd. (Broker No. 57) हुनुहुन्छ।
उहाँले आफ्नो लामो अनुभवका आधारमा पूँजी बजार नीति किन बुझ्न आवश्यक छ, current affairs ले short-term र long-term investment मा कसरी असर गर्छ, र लगानीकर्ताले नीति परिवर्तनलाई कसरी विश्लेषण गर्नुपर्छ भन्ने विषयमा व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्नुहुनेछ।
कार्यक्रम फागुन ८, २०८२ (फेब्रुअरी २०, २०२६), शुक्रबार साँझ ६:०० – ८:०० बजे सञ्चालन हुनेछ। Google Meet र YouTube मार्फत Live प्रसारण हुने यस कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्न सोध्ने अवसर पनि पाउनेछन्।
SMART Friday Insight Series ले पूँजी बजारमा सूचना, विश्लेषण र सचेत लगानी संस्कार विकास गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम विवरण:
• विषय: Capital Market Policies & Current Affairs
• वक्ता: गुणनिधि भुसाल, Managing Director, Aryatara Investment & Securities Pvt. Ltd. (Broker No. 57)
• मिति: फागुन ८, २०८२ (फेब्रुअरी २०, २०२६)
• समय: साँझ ६:०० – ८:०० बजे
• Live: Google Meet र YouTube
• आयोजक: SMART Growth Ventures Pvt. Ltd.
SMART Friday Insight Series, SMART Growth Ventures द्वारा सञ्चालन गरिएको निरन्तर लगानी शिक्षा अभियान हो, जसले “Where Knowledge Meets Opportunity” भन्ने उद्देश्यका साथ नेपाली लगानीकर्तालाई capital market साक्षर, जिम्मेवार र दीर्घकालीन रूपमा सक्षम बनाउने लक्ष्य राखेको छ।
यसअघि सम्पन्न भएका एपिसोडहरू:
• Ep.01: Use of Collateral Smartly
• Ep.02: Social Security Fund (SSF)
• Ep.03: Top Mistakes New Investors Make
• Ep.04: How to Survive & Grow in the Stock Market
• Ep.05: SIP Investing in Nepal
• Ep.06: How Nepal Stock Market Actually Works
• Ep.07: Capital Market Literacy
📺 अघिल्ला सबै एपिसोडहरू हेर्न:
https://www.youtube.com/@smartnepse/streams
📌 Episode–08 मा सहभागी हुन दर्ता गर्न:
पोस्टरमा रहेको QR Code स्क्यान गर्नुहोस् वा Google Form https://forms.gle/LDJN16ffNrd3mWZD7 मार्फत दर्ता गर्नुहोस्।
🎯 यदि तपाईं सही जानकारीका आधारमा सुरक्षित र दीर्घकालीन लगानी गर्न चाहनुहुन्छ भने — Capital Market Literacy बाट सुरुवात गर्नुहोस्। यो SMART Friday मिस नगर्नुहोस्।



