एसियाली बैंकबाट २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय
काठमाडौं । सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पोखरा सडक सुधार आयोजनाका लागि २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
विहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो बताएका हुन् ।
उनका अनुसार, सिद्धार्थ राजमार्गअन्तगर्त बुटवल–पोखरा सडक सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलव्ध हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।



