उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । माघ ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लघुवित्तले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ ।



