नेपाल बैंकको “Link, Load & Withdraw – Win Rewards via Khalti” अभियान सुरु
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक Khalti by IME सँगको सहकार्यमा “Link, Load & Withdraw – Win Rewards via Khalti” नामक नयाँ अभियान सञ्चालनमा ल्याएको छ। बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ कारोबार विस्तार गर्ने उद्देश्यले ल्याइएको यो अभियान २०८२ माघ र फागुन महिनाभर लागू हुने बैंकले जनाएको छ।
अभियान नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरिएको छ। अभियान अवधिभर ग्राहक तथा कर्मचारीले आफ्नो नेपाल बैंकको खाता Khalti मा लिंक गरी कारोबार गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
बैंकका अनुसार हरेक हप्ता दुई जना भाग्यशाली सहभागीलाई मुभी टिकट वा Khalti Pro Subscription प्रदान गरिनेछ। साथै, अभियान अवधिभर भएको कारोबारको आधारमा उत्कृष्ट दुई जनालाई जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उक्त पुरस्कारको घोषणा अभियान अवधि समाप्त भएपछि गरिने बैंकले जानकारी दिएको छ।
अभियानमा सहभागी हुनका लागि Khalti एपमा दर्ता भई KYC अद्यावधिक गरिएको हुनुपर्नेछ। त्यसैगरी, नेपाल बैंक लिमिटेडको खाता Khalti एपमा लिंक गरिएको हुनुपर्ने र सोही लिंक गरिएको खातामार्फत कारोबार भएको हुनुपर्ने सर्त तोकिएको छ।



