‘हाम्रो बोस’ मेकानिक मिट पोखरामा सम्पन्न
पोखरा । बोस नेपालको मेकानिक मिट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । बोसका लागि नेपालको आधिकारिक बिक्रेता सत्यदीप इन्टरनेसनलले ‘हाम्रो बोस’ मेकानिक मिट पोखरामा आयोजना गरेको हो ।
कार्यक्रममा पोखरा क्षेत्रका मेकानिक्स, खुद्रा विक्रेता र डिलरहरूको सहभागिता थियो ।
कार्यक्रममा बोस नेपालको टोली र सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र लगायतको उपस्थिति थियो ।
बोस नेटवर्क भित्रको सहकार्यलाई थप मजबुत बनाउने र स्थानीय साझेदारहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उक्त अवसरमा बोल्दै मिश्रले जानकारी दिए ।


