अब ग्राहकले केवल परिचयपत्रको आधारमा अथर स्कुटर खरिद गर्न सक्ने
Ather काे 6,058 बाट सुरु हुने सरल EMI योजना सार्वजनिक
काठमाडौं । नेपालकै नं. १ इलेक्ट्रिक स्कुटर ब्रान्ड अथरले स्वामित्व प्रक्रिया अझ सरल बनाउने नयाँ पहल सार्वजनिक गरेको छ। अब ग्राहकहरूले केवल मान्य परिचयपत्रको आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना अथर स्कुटर खरिद गर्न सक्नेछन्।
६०५८ रूपैयाँबाट सुरु हुने इएमआईका साथ नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर किन्नु यसअघि कहिल्यै यति सजिलो भएको थिएन।
यो परिचयपत्र–आधारित वित्तीय योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।
अथर आफ्नो बनाउनु अब झनै सजिलो भएको छ।
प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै अथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ। बढ्दो ग्राहक आधारलाई सहयोग गर्न अथरले देशव्यापी रूपमा बलियो पूर्वाधार र सेवा नेटवर्क निर्माण गरेको छ।
नेपालमा अथरको उपस्थिति
– ८ वटा अथर एक्सपेरियन्स सेन्टर काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल
– १ टेष्ट राइड जोन बौद्ध, काठमाडौं
– ८ वटा अधिकृत सेवा केन्द्र
– २७ अथर ग्रीड फास्ट चार्जिङ पोइन्टहरू प्रमुख सहर र राजमार्गहरूमा
स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर(द(एयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवजस्ता विशेषताका कारण अथर नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा स्थापित भएको छ।
यस नयाँ पहलले उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकसाथ जोड्दै नेपालमा इभी अपनत्वलाई अझ तीव्र बनाउने अथरको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।


