नाडाको अध्यक्षमा सुरेन्द्र उप्रेती निर्विरोध
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । हाल संघको महासचिव रहेका उप्रेती आगामी कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्वको उम्मेदवारी दिने आज बिहीबार अन्तिम दिन थियो । जहाँ अध्यक्ष पदका लागि उप्रेतीको मात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । उनीसँगै अन्य केही पदाधीकारीहरु पनि सर्वसम्मत भएको नाडाले जनाएको छ ।
नाडाको चुनाव पौष २५ गते हुँदै छ । वार्षिक साधारणसभा भने पौष ९ गते समापन भएको थियो । जहाँ नाडालाई महासंघ बनाउने प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।


