नबिल बैंकसहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं | आज पुस १४ गते सोमबार ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस १५ र १६ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन हो।
जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र बुटवल पावर कम्पनी, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, छिमेक लघुवित्त, नबिल बैंक, डिप्रोक्स लघुवित्त, र आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कुनको लाभांश कति र साधारणसभा कहिले?
बुटवल पावर कम्पनी : ६ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा
सपोर्ट लघुवित्त: ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
मिथिला लघुवित्त: १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
छिमेक लघुवित्त: १२.५ प्रतिशत बोनस शेयर १२.५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
नबिल बैंक: १२.५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा
डिप्रोक्स लघुवित्त: १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा
आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स: ५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २४ मा


