कहिले हट्ला शेयर बजारको ग्रहण ?
रिसव गौतम
बढनु पर्ने शेयर बजार घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले आफनो मौद्रिक नीतिलाई निरन्तर लचिलो बनाउँदै लैजाँदा पनि बजार बढ्न सकेको छैन । अहिले बजार झर्दा झर्दा शेयर बजार परिसुचक २,५८१ अंकको विन्दुमा आइपुगेको छ ।
नयाँ गर्भनरमा प्रा.डा विश्व पौडेल आइसकेपछि शेयर बजार लगानीकर्ताका धेरै मागहरु पुरा गरिएका थिए । नीतिगत रुपमा अहिले शेयर बजारलाई बाधा–ब्यवधानहरु छैनन् । बैंक तथा वित्तिय संस्थाहरुको ‘ब्यालेनसिट’ पनि अघिल्लो आर्थिक बर्ष भन्दा सुधारिँदै गएका हुन् । अघिल्लो आर्थिक बर्षमा ब्याज तथा किस्ता रकम नउठ्ने समस्याले बैंकहरु आक्रान्त थिए । खराब कर्जा बढेको थियो । त्यसमा पनि गत आर्थिक बर्षदेखि सुधार देखिन थालेको हो । फलस्वरुप पनि यस बर्ष बैंकहरुले थोरै भएपनि लाभाम्शं घोषणा गरिरहेका छन् । लाइफ इन्स्योरेन्स कम्पनीहरुले त यस बर्ष आर्कषक लाभाम्सं घोषणा गरिरहेका छन् । लघुवित्त कम्पनीहरुले पनि राम्रै हिसावको लाभाशं घोषणा गरिरहेका छन् । उर्जा कम्पनीहरुमा त्यति चार्मिङ नदेखिए पनि होटल तथा अन्य क्षेत्रहरुको पनि अवस्था त्यति नराम्रो होइन । यद्यपी उर्जा क्षेत्र देशले आश गरेको सम्बृद्धिको आधारशिला हो । यस क्षेत्र आजभन्दा १० बर्ष अघिसम्म एक दर्जनभन्दा बढी नेप्सेमा सुचिकृत थिएनन् । आज ९७ वटा जलविधुत कम्पनी नेपाल स्टक एक्चेन्जमा सुचिकृत छन् । देशले विधुत निर्यात बढाउँदै लगेको छ । कम्पनीहरुले निर्माणको चरणमा ऋणपान गरेरै विधुत उत्पादन गृह बनाएकाले सोको भारले भनेजस्तो लाभासं दिन सक्ने अवस्थामा पुगिसेका छैनन्् ।
तर हालैको जेनजी आन्दोलन पछि होटल पर्यटन क्षेत्रमा जेनजी विद्रोहको नकारात्मक असर परेको हो । तरपनि पर्यटन आगमन बढ्न थालेकै छ । र, पनि अर्थतन्त्रको ऐनाको रुपमा हेरिने शेयर बजारको प्रतिबिम्ब अंध्यारो छ । शेयर बजार दिनहुँ जसो ओरालो मात्र लागि रहेको छ । आखिर किन त ? के कारण घटिरहेको छ त शेयर बजार ? त्यसलाई केलाउने प्रयासमा आलेख केन्द्रित छ ।
पुराना दलहरुको अति राजनीति
वास्तम्बमा जेनजी आन्दोलन पछि शेयर बजारको नुर गिरेको हो । त्यसअघि २९ सय अंक नजिक पुगिसकेको शेयर बजार परिसुचक हठा्त भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थीतिले उच्च अंकले घटेको हो । राष्ट्र बैंकले नयाँ आर्थिक बर्ष ०८२–८३ को लागि मौद्रिक नीति मार्फत शेयर बजारलाई जब प्रोत्सहनकारी नीति ल्यायो । त्यहि ताका नै आन्दोलन सुरु भयो । फलस्वरुप बजारले अहिलेको परिस्थीति भोगिरहेको छ । जेनजी आन्दोलन भएको १०० दिन वितिसकेको छ । चुनाब गराउन गठित अन्तरिम सरकारले हनिमुन अवधि पार गरिसकेको छ । तर चुनाब हुनेमा शंसय उत्तिकै कायम छ । किनकी ठुला भनिएका काँङग्रेस र एमाले जस्ता दलहरुको अति राजनीतिले चुनाबी वातावरण बन्न सकेको छैन । उनीहरु भन्नलाई चुनाबाट भाग्दैनौ भनिरहेका छन् ।
निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सुचि दर्ता पनि गरिरहेका छन् । तर उनीहरुको मुल ध्येय सर्वोच्च अदालतबाट संसद पुर्नरस्थापना गर्ने कसरतमा छ । उनीहरुले जेनजी विद्रोहलाई विद्रोह नै मानिरहेका छैन । त्यो आन्दोलनलाई आन्दोलन नै मानिरहेका छैनन् । फगत २४ गतेको घटनालाई फलाकिरहेका छन् । २३ गतेको घटना र त्यसको जिम्मेवारी उनीहरुले शक्ता संञ्चालकको हिसावले लिनै मानिरहेका छैन । त्यसकारण जेनजी आन्दोलन पछि पनि काँ्रङग्रेस एमालेको परिवर्तन नभएको सोच, अति राजनीतिले शेयर बजारका लगानीकर्तालाई अन्यौल बनाएको छ । उनीहरु निर्वाचन भएर देशमा स्थीरता र शान्तिपुर्ण ब्यवसायिक वातावरण आउनेमा ठुक्क हुन सकेका छैनन् । बरु आगामी दिनहरु भmन् बढी संकटपुर्ण पो हुने होकि भन्ने ठानिरहेका छन् । त्यसकारण लगानीकर्ता त्रसित छन् ।अन्यौलग्रस्थ छन् । त्यसमाथी जेनजी आन्दोलन ताका शक्ताको बागडोर सम्हालेका, आन्दोलनको उत्र्कषमा डरत्रासले ज्यान जोगाउन हेलिकप्टर चढेर भागेकाहरुकोे नै स्वोर ठुलो हुँदै आएको छ । उनीहरु नै पार्टीमा झन् शक्तिशाली भएका छन् । अनि त शेयर लगानीकर्ताले आगामी दिन झन् संकटपुर्ण हुने ठान्ने नै भए । काँङगेस सभापति शेरबहादुर देउवा जेनजी आन्दोलन पछि विछिप्त भएर पार्टीमा कार्यवाहक जिम्मेवारी पुर्णबहादुर खड्कालाई दिएका हुन् । अहिले त उनै सक्रिय हुँदै आएका छन् । कार्यबाहक दिएर करिव राजनीतिबाट विदा लिएझै गरेर सिंगापुर उपचारमा गएका देउवा फर्किसकेका छन् । सो पार्टीले महाधिबेशनसम्म गर्न सकेको छैन । बरु जेनजी आन्दोलन ताका शक्ता साझेदार दल एमालेसँग मिलेर काँङग्रेस पनि संसद पुर्नरस्थापनाका लागि दौडिरहेको छ । बहुमत र्पुवसासंदहरुको हस्ताक्षर गराएर सार्वेच्चमा पुरक रिट लैजाँदै छन् । अर्थात जेनजी आन्दोलनले जस–जसलाई आउट भनेको थियो, उनीहरु नै इन भइरहेका छन् । तिनै बुढा पुराना र सदिऔंदेखि शक्ताको तालाचाबी लिएर बसेकाहरु हावी भएछि नयाँ भनिएकाहरु रुष्ट छन् । एकथरी फागुन २१मै चुनाब चाहन्छन् अर्काथरी संसद पुर्नरस्थापना गरेर पुरानो विरासद फर्काउन चाहन्छन् । यही घम्साघम्सीमा ब्यवसायिक क्षेत्र परेको छ । चन्दा आतंक, डरत्रास र धम्कीहरु बढीरहेका छन् । यस्तो अवस्थामा शेयर बजारको नुर गिर्नु स्वभाविक हो ।
बढ्दो अराजकता
पुराना राजनीतिक दलहरुको अति–राजनीति त भयो नै । नयाँ कतिपयहरुबाट अराजकता पनि बढी रहेको देखिन्छ । जस्तो एकातिर निर्वाचन घोषणा भएको छ भने अर्कोतिर सडकमा दिनहुँ आन्दालन भइरहेका छन् । आन्दोलन र हडतालको धम्की बहुधुर्बबाट आइरहेका छन् । शान्ति र स्थायित्वका कुरा भन्दा देश ठप्प पार्ने कुरामा धेरैको जोड छ । जेनजी आन्दोलनकै क्रममा पनि २३ गते घट्ना भड्किएपछि २४ गते देशका धेरै संघ संस्था, नीजि क्षेत्रका उद्योग कलकारखानामा आगजानी भए । सो विद्रोहको क्रममा ८४ अर्ब हाराहारी नोक्सानी भएको आँकलन छ । तथ्याकंमा ८४ अर्ब नोक्सानी भएपनि विश्वले देखेको सो आगजानी, लुटपपाट तथा तोडफोड घटनाले देशमा ब्यवसायिक मनोवल गिराएको छ । ब्यवसायिक वातावरण खल्बलिएको छ । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न डराउने अवस्था सिर्जना भएको छ । होटल तथा पर्यटन उद्योगहरुमा नकारात्मक असर परेको छ । उद्यम ब्यवसाय गर्न बैंकहरुमा ऋण लिन जानेहरुसम्म हच्कीएका छन् । भोली के हुने हो भनेर डराइरहेका छन् । यस्तैमा बिमा कम्पनीहरुले पनि दाबी भुक्तानी खुलेर गरिरहेका छैनन् ।
ब्यवसायिक माहौल भत्किएको छ । अराजकता बढेको छ । चन्दा, आतंक तथा विभिन्न नामका धाकधम्कीले व्यवसायिक जगत आक्रन्त छ । शान्ति सुरक्षाको वातावरण खलल भएको छ । लुटिएका हतियार सबै फिर्ता भएका छैनन् । भागेका कैदीबन्दी सबै समातिएका छैनन् । त्यसकारण अराजकताको अवस्था अधापी कायम छ । फलस्वरुप शेयर लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन ।
अन्त्यमा, माथी उल्लेखीत अवस्थाका विच पनि लगानीकर्ताहरुले सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने आवश्यक छ । चुनाब गर्ने वातावरण बनाउन सबैले सहयोग गर्न आवश्यक छ । सरकारलाई चुनावी वातावरण बनाउने, दलहरु चुनाबमा जाने अवस्था सिर्जना गराउन ब्यवसायीहरुको तर्फकबाट पनि पहल हुनुपर्छ । तोकिएकै समयमा चुनाब हुँदा सबै कुराको सामाधान मिल्नेछ भने चुनाब सर्यो वा नहुने अवस्था सिर्जना भयो भने त्यसको मार सबै क्षेत्रमा पर्नेछ । त्यसकारण चुनाब गराउनेमा सबैको सहयोग अपरिहार्य छ ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।


