एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल
काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । पछिल्लो सञ्चालक समितिको ७४४ औं बैठकले पुस ९ गतेदेखि लागु हुनेगरी अग्रवाललाई सञ्चालक समिति अध्यक्ष नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।
अग्रवालले नेपालको बैंक, वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । उनको नेतृत्वमा बैंकको स्तर माथि जाने विश्वास गरिएको छ ।
यसअघिका बैंकका अध्यक्ष तुलसीराम अग्रवालले घरायसी कारण देखाउँदै पदबाट राजिनामा दिएका थिए ।


