सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ। बैंकका अनुसार उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म ९३० दिन० सञ्चालन हुनेछ। यस अवधिमा स्ट्यान्डर्ड क्रेडिट कार्ड लिने ग्राहकहरूका लागि कार्ड जारी गर्दा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ।
लाइफटाइम फ्री सुविधासम्बन्धी व्यवस्था निश्चित शर्तमा आधारित रहने बैंकले जनाएको छ। दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन ग्राहकले अघिल्लो वर्षमा कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ। उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्र कम्तीमा तीन वटा कारोबार गरेमा दोस्रो वर्ष लाग्ने वार्षिक शुल्क छुट हुनेछ।
ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकको भनाइ छ।
यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

