डिजिटल बैंकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘Excellence in Digital Transactions FY 2081/82’ र ‘Excellence in Nepalpay QR Transaction FY 2081/82’ बाट सम्मानित भएको छ ।
आ.व. २०८१/०८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।
०८ पुस, २०८२ मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका थिए ।
समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरूलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरूले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ ।
विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैंकिङ्ग कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंकसहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम् डिजिटल बैंकिङ्गमार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

