सुनकाे मूल्य सामान्य घट्यो, चाँदीको नयाँ उचाईमा
काठमाडौं । मंसिर २१ गते, आईतबार, नेपाली बजारमा सुन घटेको छ भने चाँदीको मूल्य बढेर नयाँ उचाई कायम गरेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ५० रुपैयाँ बढेर नयाँ उचाई बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात शुक्रबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेकाे छ । आजको बजार चाँदी ताेलाकाे तीन हजार ६ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ । यो नै हाल सम्मको उच्च मूल्य हो । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

