नाडालाई महासंघमा लैजाने प्रस्तावसहित ४९ औ साधारण सभा पौष ९ गते हुने
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने भएको छ । उक्त साधारण सभामा नाडालाई महासंघमा लैजाने प्रस्ताव पेस गरिने छ ।
गत भदौ १९ गते बसेको नाडाको २२औं र हिजो मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकले डेढ दशक लामो प्रतीक्षा पछि संस्थालाई विधानतः महासंघमा लैजाने निर्णय गरेको हो ।
४९ औं वार्षिक साधारण सभा दि प्लाजा, ललितपुरमा बोलाउने निर्णय गरेकोले सो तोकीएको समयमा सम्पूर्ण सदस्यहरुको उपस्थितिका लागि समेत नाडाले अनुरोध गरेको छ ।



