दाङमा कृषि, उद्योग, व्यापार तथा पर्यटनको प्रचुर सम्भाबना छ ː बरिष्ठ उपाध्यक्ष मल्ल |
काठमाडौं । हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन भएकी छन् । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो ।
घोराही चेम्बर अफ कमर्शका अध्यक्ष मञ्जु बज्राचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भाबना रहेकोले उत्पादनमा वृद्धि लगायत सम्बद्र्धनका लागि अघि बढ्नुपर्ने बताए ।
बरिष्ठ उपाध्यक्ष मल्लले दाङ कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तरदेशिय निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए ।
यहाँ उत्पादित ९० प्रतिशत अण्डा अन्यन्त्र निर्यात हुनु प्रशसनिय रहेको उनले बताए । उनले अब अण्डाको उत्पादनलाई बढावा दिदै आयात शुन्य बिन्दुमा झार्न दाङमा कुखुरा फर्ममा अझै बढावा हुनुपर्ने बताए । धार्मिक तथा सांस्कृतिक रुपले निकै आकर्षक रहेको दाङमा धार्मिक पर्यटनको विकास गर्न आवश्यक पूर्वाधार सहित विकाश गर्न सकिने पर्याप्त संभावनालाई व्यवहृत गर्नुपर्ने उनले बताए । साना तथा मझौला उद्योगको विकास, महिला उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिन घोराही चेम्बर अफ कमर्स दु्रत रुपमा अघि बढ्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष मल्ले जोड दिए ।
दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएकोमा खुसी व्यक्त गर्दै उनले पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएकोमा खुसी व्यक्त गर्दै बैदेशिक निर्यातमा दाङका सिमेन्ट एक हुनुपर्नेमा समेत उल्लेख गरे । उनले व्यावसायिक एकता नै चेम्बरको प्राथमिकता रहेको भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमोर्चाका नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्रबहादुर महराको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रममा तुलसीपुर चेम्बर अध्यक्ष टोपबहादुर घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, विपी विचार समाजका सचिव रूपलाल बस्नेत, घोराही खानेपानी तथा सरसपरफाई उपभोक्ता संस्थाका उपाध्यक्ष भरत पाण्डे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका उपाध्यक्ष काशीराम केसी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष गुरूप्रसाद कँडेल, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदिप मज्गैया, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरी, त्रिभुवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, दाङ महिला जेसीजकी अध्यक्ष रेखा शर्मा, लायन्स क्लब घोराही सिटीका अध्यक्ष भरतराज देवकोटा, शीशा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी लगायतको उपस्थिती थियो ।


