व्यक्तिगत ओभरड्राफ्ट कर्जा सीमा बढयो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा सीमा बढाएर १ करोड पुर्याएको हो।
यसअघि व्यक्तिगत ओभरड्राफ्ट कर्जा सिमा ५० लाख मात्र थियो। विश्व पौडेल गभर्नर भएपछि आएको पहिलो मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत कर्जा सीमा वृद्धि भएर १ करोड पुगेको हो।

