मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेकाे छ । आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गरेकाे हो ।
गत वर्ष मंसीर १४ गते पहिलो त्रैमासिक समीक्षा गरेको राष्ट्र बैंकले यस वर्ष मंसीर १५ मै गरेकाे हो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बिहान बाेलाइएकाे थियाे । सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेकाे छ ।

