प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले नवनियुक्त अध्यक्ष सरियालाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा निर्देशक शाम्भ राज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।

