प्रभु बैंकको नयाँ बानेश्वर शाखा कार्यालय स्थानान्तरण |
काठमाडौं । काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित रहेको प्रभु बैंकको शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरी भाद्र १५ का दिनदेखि सोही स्थानबाट कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक श्रीरमण नेपालले आज एक समारोहका विच गरे ।

स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।



