GWM नेपालको नयाँ ट्याङ्क सिरिज सार्वजनिक, लक्जरी र विद्युतीकरणको संगम
काठमाडौं । ग्रेटवाल माेटर्स नेपालले प्रतिक्षित ट्याङ्क (TANK) सिरिज ट्याङ्क ३०० एचइभी र ट्याङ्क ५०० पीएचइभी औपचारिक रूपमा सार्वजनिक गरेकाे छ । जसले नेपालका प्रिमियम एसयूभी (SUV) क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।
लक्जरी, प्रविधि र दमदार अफ-रोड क्षमताको संयोजनसहित, यो सिरिजले हरेक भू-भागमा आत्मविश्वासका साथ ड्राइभ गर्ने अनुभवलाई नयाँ परिभाषा दिएको छ।
विश्वभर, ट्याङ्कले चेन्डु अटाे शाे २०२१ र चीनमा २०२२ मा प्रस्तुति दिएपछि ग्राहकहरूको मन जितिसकेको छ । यो इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता बजारहरूमा शक्ति, शैली र विश्वसनीयताका लागि प्रसिद्ध छ ।
हाल यसले अष्ट्रेलिया, मध्य एशिया, एसीन, मध्यपूर्व र दक्षिण अफ्रिका जस्ता अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार गरिसकेपछि ४ लाखभन्दा बढी बिक्री हासिल गर्दै अफ-रोड प्रेमीहरूको नयाँ रोजाइ बनिसकेको छ। नेपालमा ट्याङ्क ब्रान्डको प्रवेशले ग्रेटवाल माेटर्सको बजारप्रतिको प्रतिबद्धता मात्र होइन, अफ-रोड संस्कृतिको विकासतर्फको नयाँ अध्याय पनि हो, जसमा वर्ष प्रतिवर्ष ८७.५९ प्रतिशत वृद्धिदर देखिएको छ।
मूख्य विशेषताहरु
• सर्व भू-भाग क्षमता: एडभान्सड फाेडब्लुडी (Advanced 4WD) प्रणालीसहित ढुंगा, बालुवा, हिलो र हिउँका लागि विभिन्न मोडहरू – नेपालका विविध भौगोलिक उपयुक्त स्वरूपका लागि,
• हाइब्रिड शक्ति र प्रदर्शन: ट्याङ्क ५०० पीएचइभी (TANK 500 PHEV) ले टर्बाे चार्जड (Turbo Charged) इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजनमार्फत तुरुन्त Torque र उत्कृष्ट आयल दक्षता प्रदान गर्छ ।
• लक्जरी र बलको मेल: प्रिमियम इन्टेरियर, उच्च-गुणस्तरका सामग्री, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट सिस्टम (Intelligent Systems) हरुले एसयूभी (SUV) अनुभवलाई नयाँ स्तरमा पुरयाउँछ ।
.
• स्मार्ट सेफटी र प्रविधि एडीएएस ADAS, 360° Camera र इन्टेलिजेन्ट ड्राइभ असिस्ट प्रणालीले सडकमा वा अफ- रोडमा अधिकतम नियन्त्रण सुनिश्चित गर्छ ।
• आकर्षक डिजाइन: बलियो रूप, जसले जीएमडब्लुकाे पावर विथ पर्पाेज भिजन (Power with Purpose Vision) लाई व्यक्त गर्छ ।
