प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको छ।
नेकपा एमालेका पूर्वसांसद समेत रहेका भट्टचनलाई ठगी मुद्दामा ब्युरोले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई रेमिटेन्स सम्बन्धी ठगी कसुरमा पक्राउ गरिएको हो।
उनीविरूद्ध पहिल्यै मुद्दा रहे पनि अहिलेसम्म अनुसन्धानको दायरामा नल्याइएको उच्च स्रोतले बतायो।
उनीमाथि बुधबार म्याद थप गर्ने र यस घटनाबारे थप जानकारी दिने सिआइबीको तयारी छ।
Visited 12 times, 1 visit(s) today


