हकप्रद निष्काशन गर्न राधी विद्युत कम्पनीलाई आयोगको स्वीकृती
काठमाडौं । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ।
