सनराइज बैंकको शाखा काठमाडौंको बानेश्वरमा, शाखा संख्या १२१ पुग्यो |
काठमाडौं । सनराइज बैंकले काठमाडौंको बानेश्वरमा १२१ औं शाखा संचालनमा ल्याएको छ । बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालक समितिका सदस्य ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् ।
सोहि अवसरमा काठमाडौं महानगरपालिकाका १० का अध्यक्ष राम कुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम सेवाको समेत उद्घाटन गरेका छन् ।
बैंकले १२१ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउण्टर र १४१ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।




