विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम खेल आज नेपाल र सामोआबीच हुँदैछ।
नेपाली समय अनुसार सो खेल साँझ सवा चार बजे शुरु हुनेछ। नेपालले आफ्नो अविजित यात्रा जारी राख्न र ट्रफीका लागि खेल्दैछ भने सामोआ सुपरसिक्समा आफ्नो पहिलो जितको लागि खेल्नेछ।
दुई खेल खेल्न बाँकी हुँदा नै विश्वकपमा छनोट भइसकेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। सामोआले भने अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन।