हलेसी डेकोरले सुरु गर्यो डिजिटल बिलिङ प्रणाली

काठमाडौँ । हलेसी डेकोरले डिजिटल बिलिङ प्रणालीमार्फत पारदर्शी व्यापारको प्रतिबद्धता जनाएको छ । विगत १५ वर्षदेखि कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायत घर तथा कार्यालय सजावट सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै कम्पनीले डिजिटल बिलिङ प्रणाली सुरु गरेको हो ।
कम्पनीले अब व्यापारमा पारदर्शिता र इमान्दारीलाई अझ सबल बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको औपचारिक घोषणा गरेको छ।
यस प्रणालीअन्तर्गत प्रत्येक कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछ र सबै सामानमा एमआरपि स्पष्ट रूपमा उल्लेख गरिनेछ ।
कम्पनीका अनुसार, यस पहलले ग्राहक र हलेसी डेकोरबीचको कारोबारलाई सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउनेछ।
हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहक–अनुकूल सेवा र ‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’ भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कम्पनीले व्यापारमा इमानदारी र पारदर्शिता, डिजिटल बिलिङको पूर्ण, कार्यान्वयन, सबै सामानमा एमआरपि उल्लेख, सुरक्षित र प्रमाणित कारोबार र १५ वर्षदेखि निरन्तर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।