एनआईसी एशिया बैंकका ग्राहकहरुलाई Mercure Hotel मा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र Mercure Hotel बीच विशेष छुट सम्झौता भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने एनआईसी एशिया बैंकले विश्वास लिएको छ ।