१२ औं तीज तथा अन्तरराष्ट्रिय व्यापार मेला मङ्गलबारदेखि राजधानीमा शुरु |
काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तरराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ ।
नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई बाचाइ राख्नका लागि यस्ता मेलाको भूमिका महत्वपूर्ण हुने बताइन् । तिजलाई महिला सशक्तिकरणको प्रतिकको रुपमा लिइने भन्दै मेलामार्पmत महिलाद्घारा उत्पादित वस्तु तथा ब्राण्डको प्रदर्शन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा उनले व्यक्त गरिन ।

राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर (डीईसीसी नेपाल) मा आगामी शनिबारसम्म चल्ने मेलालाई यसपाली अन्तरराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको छ ।
इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको तीज मेलाको यो १२ औं संस्करणका लागि आयोजकमा विगतमा जस्तै डीईसीसी नेपाल रहेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुने गरेको ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ । यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने पचास हजारभन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना श्रृजनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले वार्षिक रुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ । यो महिलाहरुको लागि व्यवसायीक सम्पर्क बढाउने माध्यमको रुपमा विगत १२ वर्षदेखि आयोजना हुँदै आएको छ । साथै यसपाली अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको छ । भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहेका छन् ।

मेला संयोजक सुमन महर्जनले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यवसायीक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताए ।
तीज मेला तथा अन्तरराष्ट्रिय व्यपार मेलाकाृ तयारी र प्रवद्र्घन व्यापक रुपमा हुँदैछ । कतिपय महिला उद्यमीले त यो मेलामार्फत नै आफैं उद्यमी बनेर व्यवसाय बिस्तार गर्नु भएको छ, त्यसैकारण यो मेलालाई हामीले निरन्तरता दिन सकेका हौं,’ महर्जनले भने ।

यो इभेन्टको अवसर पारेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रर्दशकहरु सहभागी हुनेछन भने नयाँ ब्राण्ड र उत्पादनहरु सार्वजनिक गरिने योजना रहेको छ ।
प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निːशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ ।

प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क विस्तार र व्यवसाय बृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।
मेलामा अन्तरराष्ट्रिय स्टलहरु हुने भएकाले अवलोकनकर्ताहरुले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामानहरु सही मूल्यमा पाउनुहुनेछ ।

विगत १२ वर्षदेखि तीज मेला आयोजना गर्दै आएको इभेन्ट व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोज नेपालका प्रबन्ध निर्देशक महर्जनले महिला उद्यमीहरुलाई सहयोग गर्न र अगाडि बढाउन सहकार्य गर्दै आएको जानकारी दिए ।
‘यहि इभेन्टमार्फत हामीले कयौं महिलाहरु आफैं उद्यमी बनेको देखेका छौं, त्यसैले यो केबल तीज मेला मात्र नभई समग्र नेपाली महिलाहरुको लागि व्यवसाय प्रबद्र्धन गर्ने प्लेटफर्म पनि हो, यो वर्ष थप अन्तराष्टिय व्यापार मेला पनि आयोजना गर्दैछौं र धेरैभन्दा धेरै उद्यमीलाई सहभागी गराउँदै छौं,’ उनले भने ।
नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहेका छन् ।




