सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न, बीमा सेवा विस्तारमा उल्लेखनीय प्रगति

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। २०७४ सालको असोज ६ गते सामाजिक सेवा दिवसको अवसर पारेर औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनीले अहिले मुलुकभर १४६ वटा कार्यालयहरू, ३६२ जना कर्मचारी र ४० हजार ९७६ जना बीमा अभिकर्तामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ।
कम्पनीको हालको चुक्ता पूँजी ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४ सय रुपैयाँ कायम रहेको छ। यस्तै, जगेडा कोषमा २ अर्ब २३ करोड २४ लाख ९ हजार ८ सय १ रुपैयाँ र जीवन बीमाकोषमा १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५ सय ४५ रुपैयाँ जम्मा भएको कम्पनीले जनाएको छ।
कम्पनीले ८ वर्षको अवधिमा देशभर जीवन बीमाको पहुँच विस्तार गर्न सफल भएको र अझ प्रभावकारी सेवा दिने लक्ष्यसहित अगाडि बढिरहेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले नियामक निकाय, सेवाग्राही, अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्दै भविष्यमा अझ विश्वसनीय र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।