मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल (MBAN) को १६औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सुरुमा पोखरामा गर्ने योजना भए पनि वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यको सुरक्षा र सहभागिता सुनिश्चित गर्न सभा काठमाडौंको ब्याट होटलमा सारिएको थियो ।सभाले आर्थिक वर्ष २०८१/८२ का गतिविधि र उपलब्धिहरूको समीक्षा गरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ ।
यस अवसरमा नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा देखिएका हालका समस्या, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूमाथि छलफल भयो। साथै, पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई थप सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।
सभाले संस्थाको नाम र केही थप आवश्यक संशोधन समेत गरेको छ । MBAN ले नेपालको मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा व्यावसायिकता र दिगो विकासलाई बढावा दिने आफ्नो प्रतिबद्धता जनाएको छ ।