नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीको शतप्रतिशत हकप्रद शेयर मंगलबारबाट सूचीकृत भएको छ।
नेप्सेका अनुसार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ। हितग्राहीको खातामा शेयर पुगेपछि यो दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछ।