एसियन पेन्ट्सले बजारमा ल्यायो नयाँ पेन्ट्स ː रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन |
काठमाडौं । एसियन पेन्ट्सले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स बजारमा ल्याएको छ । ग्राहकको स्वास्थ्यलाई ख्याल राख्दै यो पेन्ट्स बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो पेन्ट्सले किटाणु मार्ने र घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावा शुद्ध गर्छ । कम्पनीले पेन्ट्सले फूलको बास्ना उत्सर्जित गर्ने दाबी गरेको छ । कम्पनीले उत्पादनमा सिल्भर आयन प्रविधि रहेको जनाउँदै ९९ प्रतिशत संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई मार्ने दाबी गरेको छ ।
पेन्ट्समा रहेको फर्मा्ल्डिहाइड एवेटमेन्टको माध्यमबाट हावालाई शुद्ध पार्ने कम्पनीले जनाएको छ ।



