एभरेस्ट स्कुलमा नमुना संयुक्त राष्ट्रसंघ महासभा

भक्तपुर । एभरेस्ट इङ्लिश स्कुल, भक्तपुर–२, मिबाछेमा आयोजित तीनदिने नमुना संयुक्त राष्ट्रसंघ महासभा Everest Model United Nations (MUN) 2025 को समापन समारोह आज, २०७८ श्रावण २८ गते, विशेष समारोहका साथ सम्पन्न भएको छ। श्रावण २६ गतेदेखि सुरु भएको यो कार्यक्रमले विद्यार्थीहरूलाई कूटनीति, नेतृत्व र अन्तर्राष्ट्रिय सम्बन्धबारे अभ्यास गर्ने अवसर प्रदान गर्यो।
उक्त कार्यक्रममा विद्यालयका १८५ जना विद्यार्थीहरूले सक्रिय रूपमा सहभागी भएका थिए। सहभागी प्रतिनिधिहरूलाई प्रमाणपत्र, पदक, मायाको चिनो तथा धन्यवाद ज्ञापन पत्र प्रदान गरिएको थियो। सम्मान प्रदान गर्ने कार्यक्रममा विद्यालयका शिक्षकगण, विशिष्ट अतिथि तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।
समापन समारोहमाएभरेस्ट इङ्लिश स्कुलका संस्थापक तथा प्रिन्सिपल श्री भक्त राजभण्डारीले समापन समारोहमा आफ्नो राख्दै भन्नुभयो: “आजका विद्यार्थीहरू नै भविष्यका विश्व नागरिक हुन्। त्यसैले उनीहरूलाई वर्तमानका विश्व समस्याहरू, अवसरहरू र परिदृश्यहरूको ज्ञान गराउनु अत्यन्त आवश्यक छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, बहस, अनुसन्धान तथा कूटनीतिक क्षमताको विकास गर्न ठूलो सहयोग पुर्याउँछ।”
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न देशहरू तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मुद्दाहरूमा विवेचना, बहस र समाधानको खोजी गरेका थिए। प्रतिनिधिहरूले यस्तो प्रतिष्ठित कार्यक्रममा सहभागी हुन पाउनु गर्वको अनुभूति भएको बताएका छन्।
विद्यार्थीहरूका अनुसार Everest MUN 2025 (एभरेष्ट स्कुलमा नमुना संयुक्त राष्ट्रसंघ महासभा) ले उनीहरूमा विश्व परिवेशमा रुचि, सहकार्यको भावना, र सार्वजनिक अभिव्यक्ति क्षमताको अभिवृद्धि गरेको छ।
यसरी, तीन दिनसम्म चलेको Everest MUN 2025 ले भावी कूटनीतिज्ञ, नेतृत्वकर्ता र विश्व नागरिक तयार पार्न एक महत्वपूर्ण पाइला चालेको विद्यालय परिवारले विश्वास व्यक्त गरेको छ। कार्यक्रमको आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रसंशा पत्र , मायाको चिनो प्रदान गरी धन्यवाद ज्ञापन गरियो।