श्रीनगर एग्रीटेकलाई बोर्डले दियो आईपीओ निष्काशन गर्ने अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ। बोर्डले कम्पनीलाई साउन १३ गते आईपीओ निष्काशनको अनुमति दिएको हो।
कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
Visited 1 times, 1 visit(s) today


