इन्जिनियरिंगका विद्यार्थीले प्रस्तुत गरे अनुसन्धान पेपर
काठमाडौ । स्कुलकलेजहरुमा अध्ययन गर्ने छात्रा विद्यार्थीहरुमाथि हुने गरेको यौनहिंसा गम्भीर रहेको तथ्य प्रस्तुत गरिएको छ । समाजमा देखिएको भन्दा धेरै गुणा बढी छात्राहरुमाथि नदेखिएको यौनहिंसा भइरहेको तस्थ इन्जिनियरिंगका विद्यार्थीले प्रस्तुत गरे ।
नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आकिटेक्चर इन्जिनियरिंग अध्ययनरत एक छात्राले ‘महिलाहरुमाथि यौन हिंसाको मनोवैज्ञानिक प्रभाव’ विषयमा आफूले गरेको अनुसन्धानको तथ्य मंगलबार सावजनिक गदै महिलाहरुमाथि धेरै हिंसा आफनै भन्नेबाट हुने गरेको पाइएको सुनाइन् । ‘आफनै मान्छेबाट यौन प्रस्ताव गरेको, जानी नजानी यौन हिंसा गरेको धेरै घटना सावजनिक भएकै छैनन्, आफनो अनुसन्धानको निष्कर्ष प्रस्तुत गदै छात्रा सुप्रिया सुवेदीले भनिन्, ‘जति पत्रपत्रिका वा मिडियामा यसबारे समाचारहरु आइरहेका छन्, त्यो भन्दा धेरै गुणा वढी हिंसा लुकेर भइरहेका छन्, जुन सावजनिक भइरहेका छैनन् ।’
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १२ देखि २५ प्रतिशत महिलाहरुले आफ्नो जीवनको कुनै न कुनै समयमा यौन हिंसाजन्य घटनाहरुको सामना गर्नु परेको अनुभव गरेका छन् । महिलामाथि हुने हिंसा अन्त्यका लागि केही वर्ष यता चांसो बढ्दै गएको छ । तथापि धेरै घटना गुपचुप नै हुने गरेको छात्रा सुप्रियाले सुनाइन् । महिलामाथिको हिंसा अन्त्य सम्बन्धी घोषणापत्र १९९३ ले गरेको परिभाषा अनुसार “महिला विरुद्ध हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउदछ वा पु¥याउने संभावना हुन्छ, जसअन्तर्गत यस्तो कार्यले धम्की, दबाव र स्वेच्छाचारी रुपमा महिलाको स्वतन्त्रतामा बन्देज समेत पार्दछ ।”
महिलामाथि हुने हिंसालाई दिगो मानव विकासको प्रमुख बाधक र लैंगिक समानता हासिल गर्ने बाटोको गम्भीर अवरोधका रुपमा स्वीकार गरिएको छ । यसले उत्पादनशील कार्यलाई निरुत्साहित गर्दै मुलुकमाथि अधिक आर्थिक भार थोपर्ने गर्दछ । महिलामाथि हुने हिंसाले स्वास्थ्य सेवा लगायत प्रहरी, अदालत र सामाजिक कल्याणका कामहरुमा पनि खर्च बृद्धि गराउँछ । यसका साथै हिंसामा संलग्न दोषीको प्रतिष्ठामा आँच पु¥याउनुका साथै उनीहरुलाई अमानवीय वा निर्दयी बनाउन पनि झन्बढी मद्दत गरिरहेको हुन्छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको प्रस्ताव नं. ४८।१०४ (ई.सं १९९३) को महिला हिंसा उन्मुलन सम्बन्धी घोषणा, विश्व महिला सम्मेलनबाट सन् १९९५ मा पारित बेइजिङ्ग कार्ययोजना, सहस्राव्दी विकास लक्ष्य २००५, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ आदि र सवैभन्दा पछिल्लो पटक (४–१५ मार्च २०१३) सम्पन्न संयुक्त राष्ट्रसंधीय महिलाको स्थिति सम्बन्धी आयोग ९ऋक्ध्०को ५७ औँ सत्रले अ (संयुक्त राष्ट्रसंघीय महासभाको प्रस्ताव न. ४८।१०४ (ई.सं १९९३) महिला सुरक्षा र महिलाहरुको हिंसामुक्त अवस्थाबीच अन्योन्याश्रित सम्बन्ध हुने तथ्य स्थापित गरेको छ । दक्षिण एसियाका महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सवै मुलुकहरु प्रतिबद्ध छन् ।
कायक्रममा अर्की छात्रा प्रिजा न्यौपानेले नेपाल इन्जिनियरिंग कलेज (नेक) का विद्यार्थीहरूमाझ शहरी सूक्ष्म तनाव र सामना गर्ने रणनीतिहरूको अध्ययनबारेको अनुसन्धानको नतिजा प्रस्तुत गरेकी थिइन् । उनले भनिन्, विद्याथी जीवनमै अहिले विहान उठेदेखि बेलुका नसुतेसम्म तनाब हुने गरेको भेटिएको छ ।
कायक्रममा यीबाहेक अन्य ६ जना विद्याथीहरुले पनि आआफुले गरेको अनुसन्धानको नतिजा सेमिनारमार्फत् प्रस्तुत गरेका थिए । छात्राहरु आचल त्रिपाठी, निकिता सिम्खडा, आदिती उप्रेती, सुमीदुवा श्रेष्ठ, सुप्रिया प्रसाइ र एकजना छात्र तेन्जिंग शेपाले गरेका फरकफरक अनुसन्धानको निष्कर्ष सेमिनारमा प्रस्तुत गरेका थिए ।
प्राध्यापक दीपक पन्तले ४४ जना विद्याथीहरुले विभिन्न विषयमा अनुसन्धान गरेको जानकारी गराए । तिनीहरुमध्ये कुल ८ जना छात्रछात्राहरुले गरेको अनुसन्धान सेमिनारमार्फत् प्रस्तुतीकरण गरेको उनले जनाए । विद्यार्र्थीलाइ अध्ययन अनुसन्धानमा मात्रै नभइ प्रस्तुतीकरणको क्षमताको बद्धिका लागि सेमिनारको आयोजना गरेको जानकारी उनले गराए ।
कायक्रममा सोसाइटी अफ नेपाली आकिटेक्चर्र्स (सोना) का उपाध्यक्ष डिल्लीराम सापकोटा, कलेजका प्राचार्य दुर्र्गाृप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, प्राध्यापक स्वेता अमात्यलगायले विद्याथीले गरेका अनुसन्धानहरुबारे आआफनो धारणाहरु राखेका थिए ।
