सिभिल बैंकले नेपाल प्रहरीलाई ११५ वटा ज्याकेट बाँड्यो |
काठमाडौं । सिभिल बैंकले नेपाल प्रहरीलाई १ सय १५ थान ज्याकेट सहयोग गरेको छ । बैंकले नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरी टोलीलाई ज्याकेट हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरीलाई सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले महानगरीय प्रहरी परिसर, सामुदायिक शाख काठमाडौंका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराज न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


