किङ फुड्सको “मिठास टुकुचे १४०१” बासमती चामल बजारमा
काठमाडौं । नेपाली उपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामलको लागि विश्वासिलो बनिसकेको किङ फुड्स प्रालिले नयाँ ‘मिठास टुकुचे १४०१’ लामो दानाको बासमती चामल सार्वजनिक गरेको छ ।
उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट बासना, लामो दाना र विशेष स्वादमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिने यो विशेष अवसरहरू तथा दैनिकी दुवैका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।
मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ केजी, ५ केजी र २० केजीमा उपलब्ध छ । नजिकको थोक बजारहरूमा पनि पाइने र निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्टमा पनि यो चामल उपलब्ध हुने कम्पनीले जनाएको छ ।
किङ फुड्स प्रालिले ‘मिठास’ र ‘महारानी’ जस्ता लोकप्रिय बासमती ब्रान्डहरू वितरण गर्दै आएको र नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको बताइएको छ ।

