सिद्धार्थ बैंकका ग्राहकले जावेद हबिब हेयर एन्ड ब्युटी सैलुनमा २५ प्रतिशतसम्म छुट पाउने
काठमाडौं । सिद्धार्थ बैंक र जावेद हबिब हेयर एन्ड ब्युटी सैलुनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार काठमाडौं ठमेलस्थित छाया सेन्टरमा रहेको जावेद हबिब हेयर एन्ड ब्युटी सैलुनमा ग्राहकले सम्पूर्ण सेवामा डेबिट कार्ड प्रयोग गरे १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरे २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
